उमाकुण्ड गाउँपालिका भित्रका माध्यमिक विद्यालयमा वर्षे बिदामा कम्प्युटर कक्षा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेका माध्यमिक विद्यालयहरूमा वर्षे बिदाको समयमा पनि कम्प्युटर कक्षा सञ्चालन भइरहेको छ ।

गाउँपालिकामा रहेका ७ वटा माध्यमिक विद्यालयमा गत असार ३० गतेदेखि दैनिक तीन÷तीन वटा कम्प्युटर कक्षा सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

७ वटा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा २ घण्टा समयको एउटा कक्षा रहने गरी दैनिक तीन वटा कम्प्युटर कक्षा सञ्चालन भइरहेको गाउँपालिकाका शिक्षा अधिकृत ङावा शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो उमाकुण्ड गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा लक्षित गरी १५ दिने कम्प्युटर (अफिस प्याकेज) कक्षा सञ्चालन भइरहेको छ । अहिले ७ वटा माविमा दुई÷दुई घण्टा समयको तीन÷तीन वटा कम्प्युटर कक्षा सञ्चालन भइरहेका छन् ।’’

Advertisement

विद्यालय वर्षे बिदा भएपछि गत असार ३० गतेबाट सुरु भएको कम्प्युटर कक्षा यही साउन १२ गतेसम्म सञ्चालन हुने शिक्षा अधिकृत शेर्पाले बताउनुभयो । एउटा माविमा २० वटा मात्रै कम्प्युटर रहेकाले २० जना विद्यार्थीको एउटा समुह बनाएर सबै विद्यालयमा दैनिक प्रति कक्षा २ घण्टा समयका तीन वटा कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गरे पश्चात् विद्यार्थीको हाजिरी र शिक्षकको हाजिरी सहितको कागजात संलग्न राखी भुक्तानीका लागि गाउँपालिकामा पेस गर्न पनि आग्रह गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च