एक वर्षमा मन्थली नगरपालिकामा १४ वटा ऐन कानुन निर्माण

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले एक वर्षमा १४ वटा ऐन कानुनहरूको निर्माण गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १४ वटा ऐन कानुनहरू निर्माण गरेको हो । यो सँगै मुलुक सङ्घीय संरचनामा गएपछि भएको स्थानीय तह निर्वाचन पश्चात् मन्थली नगरपालिकाबाट जारी भई स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आएका ऐन, नियम, नीति, कार्यविधि एवं निर्देशिकाहरूको सङ्ख्या ८४ पुगेको छ ।
नगरपालिकाबाट गत आर्थिक वर्ष २०८०÷०८१ मा १४ वटा ऐन कानुनहरू जारी भई स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आएको मन्थली नगरपालिकाका कानुन अधिकृत सुदर्शन रायले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘गत आर्थिक वर्ष २०८०÷०८१ मा १४ वटा ऐन कानुनहरू निर्माण भई कार्यान्वयनमा छन् । यो वर्ष एउटा ऐन, ११ वटा कार्यविधि, एउटा निर्देशिका र एउटा नीति जारी भई स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आएको छ ।’’ मन्थली नगरपालिकाले सरोकारवाला निकायसँग आवश्यक सुझाव लिएर ऐन कानुनहरू निर्माण गरिरहेको उहाँले बताउनुभयो ।
१४ वटा वडा रहेको मन्थली नगरपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्षमा ४३ वटा विवादहरू आएका छन् । जसमा ३१ वटा विवादको मेलमिलापका माध्यमबाट समाधान गरिएको मन्थली नगरपालिकाका कानुन अधिकृत रायले बताउनुभयो । यो वर्ष न्यायिक समितिको न्याय सम्पादनलाई अझै प्रभावकारी बनाउन ६० जना भन्दा बढी मेलमिलाप कर्ताहरूलाई पुर्नताजगी तालिम प्रदान गरिएको पनि उहाँले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च