मन्थली अस्पताल परिसरमा फलफूलका बिरुवा रोपियो

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली अस्पताल परिसरमा फलफूलका बिरुवा रोपिएको छ । शुक्रवार अस्पताल परिसरमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको हो ।

मन्थली अस्पतालको आयोजनामा अस्पताल परिसरमा आँप, लिची लगायतका फलफूलका बिरुवाहरू रोपिएको छ । वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, मन्थली अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रामबाबु घिमिरे, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंह, सशस्त्र प्रहरी, मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँल, गैर सरकारी संस्था महासङ्घ नेपाल रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेल, मन्थली अस्पतालका प्रमुख डा. समीर क्षेत्री , अस्पतालका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।
अस्पताल परिसरमा हरियाली प्रवर्द्धनका लागि यस्ता वृक्षारोपणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको मन्थली अस्पतालले यो वर्ष भने फलफूलका बिरुवा रोपेको हो । अस्पतालले फलफूलका बिरुवा रोप्नका लागि आवश्यक मलको समेत व्यवस्थापन गरी टी गार्ड समेत तयार गरिसकेको थियो । सोही टी गार्डमा शुक्रवार फलफूलका बिरुवा रोपिएको हो ।
मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको नगर अस्पतालमा स्तरोन्नति गरी २०७८ माघ २८ गतेबाट मन्थली नगरपालिकाले सञ्चालन गरेको मन्थली अस्पताल चालु आर्थिक वर्ष २०८१÷०८२ बाट प्रादेशिक अस्पताल बनेको छ । अहिले दैनिक २०० भन्दा बढी सेवाग्राहीले मन्थली अस्पतालबाट सेला लिइरहेका छन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च