राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकास गर्न कांग्रेस–एमाले गठबन्धन : सांसद श्रेष्ठ

रामेछाप । रामेछापका बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र शिथिल बनेको अर्थतन्त्र उकास्नका लागि वर्तमान गठबन्धन निर्माण भएको बताउनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवका अवसरमा शनिवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित मन्थली नगरपालिकाको पर्यटन प्रवर्द्धन विषयक बहस पैरवी कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

Advertisement

बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति समेत रहनु भएका सांसद श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र अहिले शिथिल अवस्थामा रहेको आर्थिक विकासका लागि काँग्रेस र एमाले गठबन्धन निर्माण भएको बताउनुभयो ।
राजनीतिक ’स्टनबाजी’ले मुलुक अगाडी बढ्न नसक्ने निष्कर्षका साथ मुलुकमा अहिले देखिएका तमाम समस्याहरूको समाधान गर्दै नागरिकको चाहाना अनुसारका काम गर्न यो गठबन्धन बनेको सांसद श्रेष्ठले बताउनुभयो ।

विभिन्न फाइलहरू खोलेर या यस्तै अन्य स्टनबाजीका कारण अघिल्लो सरकारले ढलेर नयाँ गठबन्धन बनेको भन्नेमा कुनै सत्यता नरहेको उहाँले बताउनुभयो । अहिलेको सरकारका विरुद्धमा रहेकाहरूले यस्तो हल्ला चलाएर जनतामा गलत सन्देश प्रवाह गरिरहेको उहाँको आरोप छ । यस्ता गलत हल्लाहरूलाई चिर्दै वर्तमान सरकारले नागरिकका तमाम समस्याहरूको समाधान गर्ने उहाँले बताउनुभयो ।
सांसद श्रेष्ठले रामेछापको मन्थली नगरपालिका पर्यटन विकासका लागि ठुलो सम्भावना बोकेको नगरपालिका भएकाले यहाँको पर्यटन विकासका लागि पूर्वाधार निर्माण लगायत आवश्यक कार्य गर्न लागि पर्नै प्रतिबद्धता पनि जनाउनुभयो । मन्थली विमान स्थलबाट वर्षमा दुई सिजनमा भइरहेको लुक्ला उडानलाई थप व्यवस्थित बनाउन र मन्थली–काठमाडौँ नियमित उडानको व्यवस्था गर्न थप पहल गर्ने पनि उहाँले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च