मन्थली नगरमा पर्यटकका लागि केही छैन भन्नेलाई नगर प्रमुखको प्रश्न : मन्थलीमा पर्यटकका लागि के चाहिँ छैन ?

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली नगरपालिका रामेछाप जिल्लाकै ठुलो पर्यटकीय सम्भावना बोकेका नगर भएको बताउनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवका अवसरमा शनिवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित मन्थली नगरपालिकाको पर्यटन प्रवर्द्धन विषयक बहस पैरवी कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि मन्थलीमा केही छैन भन्नेहरू प्रति इङ्गित गर्दै नगर प्रमुख श्रेष्ठले मन्थलीमा पर्यटकका लागि आवश्यक के चाहिँ छैन र भन्दै प्रश्न गर्नुभयो ।
उहाँले सरोकारवाला निकायसँग आवश्यक बहस, छलफल र सुझावहरू लिएर नगरपालिकाले पर्यटन विकासका लागि पूर्वाधार निर्माण लगायतका अन्य कामहरू पनि गरिरहेको बताउनुभयो । नगरपालिकाभित्र पर्यटक आवागमन बढाउ सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माण गर्दै जाने नगरको योजना रहेको उहाँले बताउनुभयो ।

Advertisement

यसका लागि नगरका सबै १४ वटै वडाहरूमा रहेका धार्मिक तथा अन्य सम्भावना भएका स्थलहरूको पहिचान गरी नगरपालिका अगाडी बढेको उहाँको भनाइ छ । नगरपालिकाको पर्यटन विकासका लागि नगरले बनाएको योजना पूर्ण कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सरोकारवाला सबैलाई नगर प्रमुख श्रेष्ठले आग्रह पनि गर्नुभयो । वर्षको दुई सिजनमा लुक्ला उडान भइरहेको मन्थली विमान स्थलको थप व्यवस्थापन र मन्थली–काठमाडौँ नियमित उडानका लागि पनि मन्थली नगरपालिकाले लामो समय देखि आवश्यक पहल कदमी लिइरहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
लुक्ला उडानका लागि सडक मार्ग हुँदै मन्थली आउने विदेशी पर्यटकलाई कम्तीमा एक दिन मन्थली बस्ने र घुम्ने वातावरण निर्माण लागि नगरपालिका गम्भीर भएर लागेको उहाँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च