पुष्पलालको स्मृति दिवसमा रामेछापमा तीन दिन विभिन्न कार्यक्रम : रक्तदान कार्यक्रममा ३० जनाले रगत दिए

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा रामेछापमा तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । पुष्पलाल जन्मेको जिल्ला रामेछापमा नेकपा एमालेलेविभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

आइतबार सदरमुकाम मन्थलीमा रक्तदान कार्यक्रम गरिएको छ । एमाले रामेछापको आयोजना र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । मन्थलीको देवकोटा चोकमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा एमाले रामेछापले विभिन्न कार्यक्रम आयोजना गरेको छ । पुष्पलालको जन्म जिल्ला भएकाले पनि रामेछापमा विशेष कार्यक्रमहरू हुने गरेका छन् । रगतको अभाव हुन नदिन र रगत अभावको कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो ।’’
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा तीन दिन विभिन्न कार्यक्रम राखिएको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘स्मृतिका अवसरमा शनिवार पुष्पलालको जन्म भएको स्थान भँगेरीमा रहेको पुष्पलाल स्मृति पार्कको सरसफाइ गरियो । आइतबार मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भयो । सोमबार भँगेरीमा प्रवचन कार्यक्रम आयोजना गरिएको छ ।’’
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो । पिता भक्तलाल श्रेष्ठ रामेछाप मालपोत कार्यालयको हाकिम भएर आएको बेला माता तुलसीकुमारीको कोखबाट माइलो छोराको रूपमा उहाँको जन्म भएको थियो ।
२००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको प्रचार गर्न कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो । निरङ्कुश पञ्चायत शासन विरुद्ध लड्दा लड्दै २०३५ साल साउन ७ गते पुष्पलालको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टिच्युटमा निधन भएको थियो । उहाँको स्मृतिमा नेपालका कम्युनष्टिहरुले साउन ७ गते स्मृति दिवस मनाउने गरेका छन् ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च