काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै ७४ जना सांसदले ओलीको विपक्षमा मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे ।
आजको बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए । २ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
Advertisement
असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो । कांग्रेस–एमालेबीचको सात बुँदे प्रस्ताव प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा सार्वजनिक गर्नुभएको थियो ।


























प्रतिक्रिया