तीनलालको जिल्ला रामेछापमा यसरी मनाइयो पुष्पलाल स्मृति दिवस

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सहित तीनलालको भूमि रामेछापमा उहाँहरू प्रति श्रद्धा प्रकट गर्दै ४६ औँ पुष्पलाल स्मृति दिवस मनाइएको छ ।

नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, राणा शासन विरुद्धको आन्दोलनको सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मथलो रामेछापको मन्थली स्थिति तीनलाल पार्कमा रहेको उहाँहरूको प्रतिमामा सोमबार बिहान माल्यार्पण कार्यक्रम आयोजना गरियो । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेकपा एमाले मन्थली नगरपालिका कमिटीले आयोजना गरेको थियो ।

Advertisement

त्यसै गरी सोमबार दिउँसो पुष्पलालको जन्म भएको ठाउँ रामेछाप नगरपालिका–८ भँगेरीमा रहेको पुष्पलाल स्मृति पार्कमा प्रवचन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी रामेछापको आयोजनामा प्रवचन कार्यक्रम भएको हो । कार्यक्रम एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता र एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको हो । प्रवचन कार्यक्रम सकिएपछि पुष्पलाल स्मृति पार्क परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।
यसअघि सोमबार बिहान तीनलाल पार्कमा भएको माल्यार्पण कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले देश परिवर्तनको काम एक्लैले सम्भव नहुने बताउनुभयो । त्यसैले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले राजतन्त्र फाल्न काँग्रेस र कम्युनिष्ट मिल्नु पर्छ भनेको उहाँले स्पष्ट पार्नुभयो । पुष्पलाल दूरदर्शी नेता भएको बताउँदै पुष्पलाले भोलिको समेत प्रस्ट दृष्टिकोण राख्ने गरेको शाक्यले बताउनुभयो । पार्टी नेता प्रधान होइन नीति प्रधान हुनुपर्ने बताउँदै शाक्यले पुष्पलालको मूल धारणा नै त्यही भएको प्रस्ट पार्नुभयो । पुष्पलालको विचार र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । एमाले अहिले सत्तामा मात्र नभएर मूल नेतृत्वमा नै भएकोले नागरिकका समस्या समाधानको प्रमुख जिम्मेवारी पनि एमालेकै काँधमा आएको शाक्यले बताउनुभयो । अहिलेको सरकारलाई नकारात्मक रूपबाट भन्दा पनि सकारात्मक रूपबाट हेर्न र सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सबैले साथ दिँदा मात्र बलिदानबाट प्राप्त गणतन्त्र संस्थागत र सुदृढ हुने उहाँको धारणा छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च