रामेछापकै सबैभन्दा धेरै धान खेती हुने माडी फाँटमा अब बाह्रै महिना सिँचाइ सुविधा

रामेछाप । रामेछाप जिल्लाकै सबैभन्दा ठुलो धान खेती हुने फाँट माडी फाँटमा अब बाह्रै महिना सिँचाइको व्यवस्था भएको छ । खाँडादेवी गाउँपालिका–४ पकरबासको माडी फाँटलाई सिँचाइ गर्ने भटौली खोलाको पानी हिउँदमा सुक्न लागेपछि केही वर्षदेखि हिउँदमा माडी फाँट सुक्ने गरेको थियो ।

हिउँदमा लगाइएको मकै बाली सुक्नुको साथै धान रोप्ने बेलामा समेत स्थानीय किसानले खोलाको भल पर्खनु पर्ने बाध्यता थियो । जिल्लाकै सबैभन्दा ठुलो र उर्वर फाँटमा सुक्खा लागेपछि लिफ्ट र डिप बोरिङ सञ्चालन गरी बाह्रै महिना सिँचाइको व्यवस्था मिलाइएको छ । कूल ३७२ घर धुरीको ४२ सय रोपनी खेत भएको माडी फाँटमा अहिले तामाकोसीबाट दुईवटा लिफ्ट तथा भटौली खोलाको एउटा लिफ्टबाट पानी तानिएको छ । त्यस्तै माडी फाँटमा एउटा डिप बोरिङ पनि खनिएको छ । लिफ्ट र बोरिङबाट माडी फाँटको ८) प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्ने खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल बताए ।
माडी फाँटमा लिफ्ट सिँचाइको लागि स्थानीय सामुदायिक विकास समाज नामक गैरसरकारी संस्थाले निर्माण गरिदिए पनि बिचमा बिग्रिएको ५ सय ९२ मिटर लामो लिफ्ट सिँचाई आयोजना प्रदेश सरकारको सहयोगमा पुनः मर्मत गरेर सञ्चालन गरिएको छ । तामाकोसीको पानी माडी मुहानको कुलोमा झारेर सिँचाइको व्यवस्था मिलाइएको छ । त्यस्तै तामाकोसीबाट तानिएको अर्को तामाकोसी लिफ्ट सिँचाइको पानी पनि खेतको सिरानमा पु¥याएर कुलोमा झरी सिँचाइको व्यवस्था मिलाइएको छ । माडी मुहानको नजिकै भटौली खोलामा इनार खनेर त्यहाँको पानी पनि कुलोमा खसाल्ने व्यवस्था मिलाइएको छ । यस बाहेक माडी फाँटको बिचमा एउटा डिप बोरिङ समेत खनिएको छ । लिफ्ट र डिपको पानीबाट सिँचाइको व्यवस्था मिलाएपछि जेनेटर लगाएर नदीको महँगो पानी किनेर खेतमा सिँचाइ गर्नुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च