रामेछाप । नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम स्थानीय सरकारहरूले हरेक वर्षको असार १० गतेसम्म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर गाउँ सभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ ।
पालिकाहरूले असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर यो वर्ष बागमती प्रदेशका ५ वटा स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन् । यसरी समयमै बजेट ल्याउन नसक्नेमा दोलखाको शैलुङ र बिगु गाउँपालिका, ललितपुरको गोदावरी नगरपालिका, चितवनको राप्ती नगरपालिका र धादिङको गल्छी गाउँपालिका रहेका छन् ।
Advertisement
बागमती प्रदेशका ५ वटा सहित देशका ४९ स्थानीय तहले तोकिएको समयमा चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउन सकेनन् । ४ सय ६० गाउँपालिका र २ सय ९३ नगरपालिका गरी देशभर ७ सय ५३ स्थानीय तह रहेकोमा ७ सय ४ स्थानीय तहले मात्रै असार मसान्तसम्म बजेट पास गरेका छन् । समयमै बजेट ल्याउन नसकेका अधिकांश स्थानीय तहमा जनप्रतिनिधिबीचको विवाद लगायतका कारण देखिएको छ । समयमै बजेट ल्याउन नसकेका ३६ गाउँपालिका मध्ये १६ वटा पालिकामा जनप्रतिनिधिबीचको विवाद कारण बजेट आउन नसकेको बताइएको छ ।
प्रतिक्रिया