चिसापानीमा उत्पादित तरकारी स्थानीय कृषि सहकारी मार्फत सङ्कलन र बिक्री हुने

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका किसानले उत्पादन गरेको तरकारी अब स्थानीय कृषि सहकारी मार्फत बिक्री वितरण हुने भएको छ । चिसापानीका कृषकले उत्पादन गरेको टमाटर लगयतका कृषि उत्पादन स्थानीय चिसापानी कृषि सहकारी संस्था लिमिटेडले सङ्कलन गरी बिक्री गर्ने भएको हो ।
सहकारीको कार्य योजना अनुसार कृषकहरूको विशेष सहयोगमा टमाटर लगायत अन्य तरकारी यही साउन १० गते बाट सङ्कलन गरी बिक्री सुरु गरिने सहकारीले जनाएको छ । अति सुख्खा ग्रस्त ठाउँमा पर्ने चिसापानीमा टमाटर लगायतका तरकारी राम्रो उत्पादन हुन्छ । लिफ्ट मार्फत तामाकोशीको पानी तानेर खानेपानी सुविधा लिइरहेका यहाँका किसानहरूले आकाशे पानी सङ्कलन तथा लुगा धुन, नुहाउन प्रयोग भएको पानी सङ्कलन गरी सोही पानी प्रयोग गरी तरकारी उत्पादन गर्दे आएका छन् । चिसापानीमा उत्पादन भएको तरकारीको सदरमुकाम मन्थली बजारमा राम्रो माग छ ।
सहकारीले वडा कार्यालयसँग आवश्यक समन्वय गरेर किसानले उत्पादन गरेको तरकारी सङ्कलन तथा बिक्री कार्य अगाडी बढाउन लागेको मन्थली नगरपालिका–८ चिसापानी वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘चिसापानी कृषि सहकारी संस्था लिमिटेडले किसानले उत्पादन गरेका तरकारी सङ्कलन गरी बिक्री गर्ने काम गर्दै छ । यसका लागि चिसापानी किसानहरूसँग पनि आवश्यक छलफल भइसकेको छ । यो कामलाई सफल बनाउन वडा कार्यालयले पनि सकेको सहयोग गर्छ ।’’
यो कामले अब धेर थोर आफ्ना खेतबारीमा तरकारी उत्पादन गर्ने किसान आफ्नो उत्पादन बेच्न मन्थली झर्नुपर्ने बाध्यताबाट मुक्त हुने वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । मन्थली नगरपालिकाका प्रवक्ता समेत रहनुभएका श्रेष्ठले किसानलाई आवश्यक प्राविधिक सहयोग र उत्पादन भएका कृषि उपजहरूको बजारीकरणमा सहजताका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ कृषि एम्बुलेन्सको योजना ल्याएको बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च