कार्यविधि बनेको आठ वर्षपछि बन्यो समन्वय समिति

रामेछाप । कार्यविधि बनेको आठ वर्षपछि रामेछापमा ‘जातीय भेदभाव तथा छुवाछूतको अन्त्य सम्बन्धी जिल्ला समन्वय समिति’ गठन भएको छ ।

समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतको अन्त्य तथा दलित अधिकार प्रवर्द्धन गराउने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्ले ‘जातीय भेदभाव तथा छुवाछूतको अन्त्य सम्बन्धी कार्यविधि,२०७३ बनाएको थियो । यो कुरा आर्थिक वर्ष २०७३÷०७४ को बजेट वक्तव्यमा नै उल्लेख गरिएको थियो ।
तर कार्यविधि बनेको आठ वर्षसम्म जिल्लामा समिति गठन हुन सकेको थिएन । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले यस बारेमा चासो देखाएसँगै आठ वर्षपछि बल्ला समिति गठन भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय रामेछापमा बुधवार प्रमुख जिल्ला अधिकारी अनिता निरौला अध्यक्षतामा बसेको बैठकले छलफलपछि प्रजिअ निरौलाको संयोजकत्वमा ‘जातीय भेदभाव तथा छुवाछूतको अन्त्य सम्बन्धी जिल्ला समन्वय समिति’ गठन भएको छ । समितिको सदस्यमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुख, जिल्ला प्रहरी प्रमुख, जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता, महिला विकास अधिकृत र नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष सदस्य रहने व्यवस्था कार्यविधिमा छ भने सदस्य सचिवमा जिल्ला विकास समितिको कार्यालयको योजना अधिकृत रहेन व्यवस्था छ ।

सोही बमोजिम जिल्ला सरकारी वकिल कार्यालय रामेछापका न्यायाधिवक्ता भीमप्रसाद भुर्तेल, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंह, जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी रमेश घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेल, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कुमार साह, मन्थली नगरपालिका महिला तथा बालबालिका उपशाखा प्रमुख भगवती तामाङ, र नेपाल बार एसोसिएसन रामेछापका अध्यक्ष पाण्डव प्रसाईँ सदस्य रहने गरी समिति बनाइएको छ ।
जिल्ला स्थित दलित अधिकार तथा सामाजिक क्षेत्रमा क्रियाशील सङ्घ–संस्थाका प्रमुखमध्ये बाट तीन महिलासहित पाँच जना सदस्य रहने प्रावधान छ ।
सोहीअनुसार संयोजक निरौलाले राष्ट्रिय दलित पत्रकार, सङ्घ नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष नवराज विक, दिगो विकासका लागि सहकार्य नेपाल रामेछापबाट रामचन्द्र वि.क., नेपाल राष्ट्रिय दलित समाज कल्याण संघबाट दृष्टि खाती, दलित महिला संघबाट कुमारी दास र समता मञ्च नेपालबाट कमला विकलाई सदस्यमा मनोनयन गर्नु भएको समितिका सदस्य एवं राष्ट्रिय दलित पत्रकार, सङ्घ नेपाल रामेछापका अध्यक्ष नवराज विकले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च