रामेछापको फर्पुमा पहिरोले घर पुर्दा एकै परिवारका तीन किशोरीको ज्यान गयो

रामेछाप । रामेछापको गोकुलंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर पुर्दा एकै परिवारका तीन किशोरीको ज्यान गएको छ । बिहीबार साँझ अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुर्दा विमानकी छोरी १८ वर्षीय सिता तामाङ तथा नातिनीहरू १५ वर्षीय लक्ष्मी र १३ वर्षीय आसिकालाई पुरेको स्थानीय नवराज सुनुवारले जानकारी दिनुभयो ।

पुरिएकी आसिका विमानका छोरा पेमा र लक्ष्मी पदमकी छोरी हुन् । साँझ ७ः३० बजेतिर घरमाथिबाट खसेको ढिस्कोले घर भत्किँदा उनीहरूलाई पुरेको नेकपा एमाले फर्पु वडा कमिटीका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । स्थानीयले पुरिएका शव निकालेका छन् । घटनामा पुरिएका तीनै जनाको शव फेला परेको सुनुवाले जानकारी दिनुभयो । उनीहरू दिउँसो रोपाइँ गरेर घर फर्किए सो घरमा बसेका थिए ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च