रामेछाप फर्पुमा पहिरोमा ज्यान गुमाएका तीन किशोरीका परिवारलाई राहत रकम हस्तान्तरण

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय रामेछापले राहत रकम हस्तान्तरण गरेको छ ।

फर्पुको पहिरे स्थित पहिरोले स्थानीय विमान तामाङको घर पुर्दा ज्यान गुमाएका तीन जना किशोरीका परिवारलाई शुक्रवार प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति रामेछापकी संयोजक अनिता निरौलाले राहत रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

Advertisement

बिहीबार साँझ अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुर्दा विमानकी छोरी १८ वर्षीय सिता तामाङ, विमानका छिमेकीहरू पेमा तामाङकी छोरी वर्ष १५ की आशिका दोङ र पदम तामाङकी छोरी वर्ष १३ की लक्ष्मी तामाङको ज्यान गएको थियो ।

पहिरोमा परि ज्यान गुमाएका तीन जना किशोरीका परिवारलाई घरमै पुगेर प्रति परिवार दुई लाख ५० हजार रुपैयाँका दरले ७ लाख ५० हजार रुपैयाँ राहत राहत रकमको चेक हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी रामेछापबाट गएको टोलीले पनि विपद्मा ज्यान गुमाएका परिवारलाई त्रिपाल, पकाउने, खाने भाँडाकुँडा, लगाउने र ओढ्ने ओछ्याउने कपडा लगायतका विभिन्न राहत सामग्रीहरू प्रदान गरेको छ ।

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

2 thoughts on “रामेछाप फर्पुमा पहिरोमा ज्यान गुमाएका तीन किशोरीका परिवारलाई राहत रकम हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च