रामेछाप । राष्ट्रिय युवा सङ्घ नेपाल, जिल्ला कमिटी रामेछापले एक युवा पाँच बिरुवा अभियान सुरु गरेको छ । यो अभियान अन्तरगत शुक्रवार जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित चहरिखोला र एकीकृत नमुना माझी बस्ती ड्फ्खामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
हाम्रा वरपरका वातावरण संरक्षण गरी हरियाली बनाउन युवाहरूको महत्त्वपूर्ण भूमिका रहने भएकाले युवाहरूलाई वातावरण संरक्षणका क्षेत्रमा अझै सक्रिय बनाउन युवा सङ्घ नेपाल रामेछापले एक युवा पाँच बिरुवा अभियान सुरु गरेको राष्ट्रिय युवा सङ्घ नेपाल, जिल्ला कमिटी रामेछापका अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
Advertisement
अभियानको पहिलो दिन खाँडादेवी गाउँपालिकाको विशेष सहयोगमा गाउँपालिकाको वडा न. ३ भिरपानी स्थित चहरिखोला र एकीकृत नमुना माझी बस्ती ड्फ्खामावृक्षारोपण गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, युवा सङ्घका केन्द्रीय सदस्य गशेणबज्र लामा, एमाले रामेछापकी उप–सचिव मखमली श्रेष्ठ, एमाले जिल्ला कमिटी सदस्य तथा खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङ, जिल्ला कमिटी सदस्य मदन खड्का, युवा सङ्घका नेता कार्यकर्ता लगायत एमाले वडा कमिटीका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले खाँडादेवी गाउँपालिका–३ भिरपानी स्थित चहरिखोला र एकीकृत नमुना माझी बस्ती ड्फ्खामा विभिन्न प्रजातिका बिरुवाहरू रोपेका छन् ।
Advertisement
प्रतिक्रिया