पहिरोले घरभित्र आगो तापिरहेका तीन किशोरीको मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा

रामेछाप । अविरल वर्षापछि पहिरोले घर पुर्दा घरभित्र आगो तापिरहेका तीन किशोरीको मृत्यु भएपछि रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुको पहिरे गाउँ शोकमा डुबेको छ ।
दिनभर खेतमा झरीमा रुझेर काम गरी साँझ स्थानीय विमान तामाङको घरमा आगो तापिरहेका तीन किशोरीको बिहीबार साँझ ८ बजेको समयमा घर माथिको कान्ला पहिरिएर घर भत्किँदा एकै ठाउँमा ज्यान गएको थियो ।
यो घटनामा विमान तामाङकी छोरी १८ वर्षीय सिता तामाङ, विमानका छिमेकीहरू पेमा तामाङकी छोरी वर्ष १५ की आशिका दोङ र पदम तामाङकी छोरी वर्ष १३ की लक्ष्मी तामाङको ज्यान गयो । तीन किशोरीले प्राण त्यागेको घर पहिरोले पूर्ण रूपमा भत्किएको वा पुरिएको पनि छैन ।
पहिरोले घर भत्किएपछि घरभित्र रहेका तीन किशोरीहरू जीवितै छन् भन्ने आसमा स्थानीय हार गुहार गर्दै पहिरो पन्छाउन लागे । तर पहिरो पन्छाउन धेरै समय लाग्यो । पहिरो पन्छाएर रातको १० बजे पहिरोबाट तीन किशोरीलाई निकाल्न त स्थानीय सफल भए ।
तर पहिरोबाट निकालिएका तीनै जनाले प्राण त्यागिसकेको अवस्थाले उद्धारमा रहेका सबैलाई गलायो । सबैलाई शोकमा डुबायो । यति बेलासम्म घरभित्र पुरिएका तीन नै जना किशोरीहरूले प्राण त्यागी सकेका रहेछन्, त्यसपछिको अवस्था सम्झन लायक थिएन स्थानीय विशाल तामाङले भन्नुभयो । बिहानदेखि साँझसम्म खेतमा काम गरेर आएका बच्चाहरू पहिरोले घर पुरिएर गुमाएको पीडाले अहिले सिङ्गो पहिरे गाउँ नै शोकमा परेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “पहिरोले घरभित्र पुरिएका तीनै जनालाई जीवितै निकाल्न सकेको ग¥यौँ । पहिरो पन्छाउन दुई घण्टा भन्दा बढी समय लाग्यो । घर पुरै नभत्किएको र पुरै नपुरिएको अवस्थाले उनीहरू जीवितै होलान् भन्नेमा सबै गाउँले विश्वस्त थिए । राति सवा १० बजेतिर पुरिएका तीनै जनालाई पहिरोबाट त निकालियो । तर यो बेलासम्म तीनै जनाले प्राण त्यागिसकेका रहेछन् ।”
अहिले तीन जना चेलीहरूको एउटै घरमा पहिरोले पुरिएर मृत्यु भएपछि सिङ्गो पहिरे गाउँ शोकमा डुबेको उहाँले बताउनुभयो । अहिले सीता, आशिका र लक्ष्मीको शोकमा उनीहरूको परिवार सहित सिङ्गो पहिरे गाउँ नै डुबेको छ ।
घरमाथिको कान्ला पहिरिएर ज्यान गुमाएका तीनै जनाको शवको पोस्टमार्टम गरी शुक्रवार प्रहरीले परिवारलाई जिम्मा लगाएपछि अन्त्येष्टि गरिएको छ । घटना थाहा हुने बित्तिकै तत्काल उद्धारको प्रयास गरिए पनि तीन जना किशोरीहरूलाई जीवितै उद्धार गर्न नसकिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो“घटना हुने बित्तिकै खबर भयो । तत्काल उद्धारका काममा पनि लागियो । तर परिस्थिति काबु भन्दा बाहिर भइदियो । जसका कारण घरभित्र पुरिएका किशोरीहरूलाई जीवितै उद्धार गर्न सकिएन ।”
पहिरोका कारण तीन किशोरीले ज्यान गुमाएको विमान तामाङको घर पूर्ण रूपमा भत्किएको तथा पुरिएको छैन । घर भन्दा माथिको कान्ला पहिरिएर आउँदा घरको पहिरिएको भाग भित्र पसेको अवस्था छ । अहिले यही घर सहित यो गाउँका ४÷५ वटा घर पहिरोको जोखिममा छ ।
पहिरोले घर पुर्दा ज्यान गुमाएका किशोरीहरूको परिवारलाई तत्काल आवश्यक कुराहरूमा गाउँपालिकाले सहयोग गरिरहेको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का(दिनेश) ले बताउनुभयो । उहाँले भन्नुभयो “पहिरोले घर पुर्दा ज्यान गुमाएका किशोरीहरूको परिवारलाई तत्काल आवश्यक कुराहरूमा गाउँपालिका तथा अन्य निकायबाट सहयोग भइरहेको छ । अहिले यहाँका केही घरहरू जोखिममा रहेका छन् । यस्ता जोखिममा रहेका घर तथा बस्तीका बारेमा कार्यपालिकाबाट चाडै निर्णय गराएर आवश्यक व्यवस्थापन लाग्छौँ ।” मनसुनजन्य यस्ता घटनाबाट मानिसले ज्यान गुमाउनु परेको यो घटना सबैका लागि दुःखद रहेको उहाँले बताउनुभयो ।

पहिरोले घर भत्कीएर ज्यान गुमाएका तीन जना किशोरीको शव
पहिरोले भत्कीएको घर

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च