काठमाडौँ । रामेछाप सांस्कृतिक कलाकार समाजमा नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रवार सुनुवार सेवा समाजको हल कोटेश्वर काठमाडौँमा सम्पन्न भएको समाजको १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनले उत्तम पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
Advertisement
समाजको नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा सन्ध्या सानु, उपाध्यक्षमा कल्पना सुनुवार, गोविन्द गौतम र रामकुमार नेपाली चयन भएका छन् । त्यसै गरी समाजको महासचिवमा गुणराज श्रेष्ठ, प्रवक्तामा खमेश श्रेष्ठ, सचिवमा सबिन चौहान, सह–सचिवमा महेश सुनुवार, कोषाध्यक्षमा सङ्गीता के.सि र सह –कोषाध्यक्षमा बबिता पोखरेल चयन भएका छन् । त्यसै गरी नयाँ कार्यसमिति सदस्यहरूमा दीपक लाखे, नकुल गौतम, रिता कार्की र बिरबल माझी चयन हुनुभएको छ ।
प्रतिक्रिया