रामेछापमा एक वर्षमा ४१ वटा सडक दुर्घटना : ९ जनाको मृत्यु, १०६ जना घाइते

रामेछाप । रामेछापमा एक वर्षको अवधिमा भएका सडक दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् भने एक सय बढी मानिस घाइते भएका छन् ।

गत आर्थिक वर्षको साउनदेखि असार महिनासम्म जिल्लाका विभिन्न स्थानमा भएका साना तथा ठुला सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका हुन् ।

Advertisement

गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाभर भएका ४१ वटा सवारी दुर्घटनामा परी ९ जनाको ज्यान गएको र १९ जना गम्भीर अनि ८७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो ।
उहाँका अनुसार अनुसार आर्थिक वर्ष २०७९÷०८० मा भन्दा आर्थिक वर्ष २०८०÷०८१ मा सडक दुर्घटना बढे पनि दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छ ।

२०७९÷०८० मा जिल्ला भर साना तथा ठुला गरी ३० वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका थिए भने २० जना गम्भीर र ७४ जना सामान्य घाइते भएका थिए ।
सडक दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम पालनामा कडाइ गरी ग्रामीण क्षेत्रका विद्यालय, सार्वजनिक स्थानहरूमा ट्राफिक नियम सम्बन्धी सचेतना मूलक कार्यक्रम र सवारी चालकको सामान्य स्वास्थ्य परीक्षण जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको रामेछापका ट्राफिक प्रमुख चौलागाईँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च