काठमाडौँ । भौतिक पुर्वाधार कार्यालय दोलखाका सव– ईन्जिनियर सहित तीन जना विरुद्ध भ्रष्टचार मुद्धा दायर भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत चरिकोटस्थित पूर्वाधार कार्यालयका प्रमुख सव–ईन्जिनियर हिराबाबु थापा तथा करारमा राखिएका सव–ईन्जिनियरहरु सुम्बा शेर्पा र नहकुल शिवाकोटीविरुद्ध भ्रष्टचार मुद्धा दायर भएको हो ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनीहरुविरुद्ध दोलखाको विगु गाउँपालिका ३ स्थित लाकुरीडाँडा–पिपल डाँडा ग्रामीण सडक स्तरोन्नतीको ठेक्का सम्झौतापछि काम सम्पन्न गरेर भुक्तानी लिने क्रममा कमिसन वापत ८० हजार घुस लिएको आरोपमा मुद्धा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
Advertisement
दोलखाको जिरी नगरपालिका–५ का शेर्पा र कालिञ्चोक गाउँपालिकाका–८ घर भएका शिवाकोटी असार २१ गते शंकास्पद रकमसहित चरिकोटबाट पक्राउ परेका थिए । उनीहरुको साथबाट नगद ८० हजार शंकास्पद रकम बरामद भएको थियो । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगतका योजना कार्यान्वयनका लागि गत आर्थिक वर्ष मात्रै चरिकोटमा फिल्ड कार्यालय स्थापना गरिएको थियो ।
प्रतिक्रिया