रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नं ४ प्रीतिमा निर्माणाधीन अस्पताल यो वर्षको दसैँ अगाडि नै सञ्चालन गर्ने गाउँपालिकाले तयारी गरेको छ ।
जिल्लाकै दुर्गम मानिने उमाकुण्ड गाउँपालिकामा यस्तो सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने भएपछि उमाकुण्ड गाउँपालिकावासी खुसी भएका छन् । जिल्ला कै दुर्गम ठाउँ मानिने प्रीतिमा एमबीबीएस डक्टर सहितको सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने कुराले सिङगो उमाकुण्ड गाउँपालिकावासी धेरै खुसी भएको स्थानीय मणिराज सुनुवारले बताउनुभयो । यो अस्पताल सञ्चालनमा आएमा सामान्य स्वास्थ्य उपचारका लागि पनि सदरमुकाम मन्थली, राजधानी काठमाडौं लगायतका ठाउँमा जान बाध्य भएका उमाकुण्ड गाउँपालिकाबासीलाई ठुलो राहत हुने उहाँले बताउनुभयो ।
यो वर्षको दसैँ भन्दा अगाडि नै गाउँपालिकामा एमबिबिएस डक्टर सहितको अस्पताल सञ्चालन गरी नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका लागि परेको छ । भवन बनिसकेको पाँच शय्याको अस्पताल सञ्चालनका लागि गाउँपालिकाले एमबिबिएस डक्टर सहितका कर्मचारीहरू माग गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना निकालेर मेडिकल अधिकृत, रेडियो ग्राफर, फार्मेसी सहायक, ल्याब टेक्निसियन, प्राविधिक सहायक लगायतका स्वास्थ्यकर्मीहरू माग गरेको हो ।
Advertisement
कर्मचारी माग सम्बन्धी गाउँपालिकाले प्रकाशन गरेको सूचना हेर्नुहोस्
प्रतिक्रिया