रामेछापको फर्पुमा पहिरोले ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा यही साउन १० गते साँझ कहालीलाग्दो घटना भयो । दिनभरि सँगै धान रोपाइँमा रमाइलो गरेर घर फर्किएका तीन जना बालिकाहरूलाई आफ्नो घर माथिबाट आएको पहिरोले घर भत्काएर घर भित्रै एकै चिहान बनायो ।

पहिरोले स्थानीय विमान तामाङको घर भत्किदा घर भित्र अगेनोमा आगो तापेर बसिरहेकी विमानकी छोरी १८ वर्षीय सिता तामाङ तथा नातिनी १३ वर्षीय लक्ष्मी तामाङ र भतिजकी छोरी १५ वर्षीय आसिका दोङलाई एउटै चिहान बनायो । तीन बालिकालाई गुमाएपछि पीडामा रहेका परिवारलाई विभिन्न निकायले आर्थिक सहयोग गरिरहेका छन् ।
घटना घटेको भोलिपल्ट गत शुक्रवार रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले घटना स्थलमा पुगेर मृतक तीन जनाका परिवारलाई प्रति परिवार दुई लाख ५० हजारका दर राहत रकमको चेक हस्तान्तरण गर्नुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट सो राहत रकमको चेक मृतका परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।

Advertisement

त्यसै गरी गत शनिवार नेपाली काँग्रेस रामेछापका सभापति एवं सङ्घीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले आर्थिक पनि घटनास्थलमै पुगेर पीडितहरूलाई सान्त्वना सहित सहयोग रक प्रदान गर्नुभएको छ । उहाँले घटनामा ज्यान गुमाएका सिता, लक्ष्मी र आसिकाको परिवारलाई प्रति परिवार दश÷दश हजार रुपैयाँका दरले रकम सहयोग गर्नुभएको छ ।

घटना ज्यान गुमाएका परिवारलाई नेकपा एमालेले पनि आर्थिक सहयोग गरेको छ । पीडित परिवारलाई नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्च, जिल्ला कमिटी तथा पालिका कमिटीको तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँको दरले तीन लाख रुपैयाँ रकम सोमबार हस्तान्तरण गरिएको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताउनुभयो । उहाँका अनुसार घर भत्किए विमान तामाङलाई घर मर्मत गर्न थप १५ हजार रुपैयाँ एमालेको तर्फबाट हस्तान्तरण गरिएको छ । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नगरपालिकाको तर्फबाट प्रति परिवार १० हजार रुपैयाँका दरले ३० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

Advertisement

गोकुलगंगा गाउँपालिकाले पनि फर्पुका पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शनिवार बसेको गाउँपालिकाको आकस्मिक बैठकले ज्यान गुमाएका परिवारलाई ५० हजार राहत र १५ हजार काज किरिया खर्च गरी कूल ६५ हजार रुपैयाँ नगद सहयोग दिने निर्णय गरेको वडा नं ६ फर्पुका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता चन्द्रबहादुर सुनुवारले बताउनुभयो । रेडक्रस सोसाइटी रामेछापले पनि पीडित परिवारलाई लत्ता कपडा र भाँडा वर्तन सहयोग गरेको छ । पहिरोले गोकुलगंगा गाउँपालिका–६ फर्पुमा एउटा घर आधा भत्काएको छ भने अन्य तीन वटा घर पनि जोखिममा छन् । सो बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ ।

पीडित परिवारलाई राहत रकमको चेक हस्तान्तरण गर्दै प्रजिअ अनिता निरौला

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च