शेयर बजार २७ सय विन्दु नजिक, १७ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

काठमाण्डौ । शेयर बजार आज ३५ अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज प्रोग्रेसिभ फाइनान्स, वरुण हाइड्रोपावर, सञ्जीवनी जलविद्युत्, नेपाल वेयरहाउजिङ, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Advertisement

यस्तै अरू ६ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन एशियन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज तीन सय २९ वटा कम्पनीका चार करोड तीन लाख कित्ता शेयर १७ अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको ६० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च