रामेछाप । अविरल वर्षपछिको बाढी पहिरोले रामेछापमा विभिन्न स्थानका सडकहरू आंशिक तथा पूर्व रूपमा अवरुद्ध बनेका छन् । गयरातिको अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा धोबी–सैपु सडक पूर्ण रूपमा अवरुद्ध भएको लिखुतामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर धोबी–सैपु सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । यो सडक सुचारु गर्न केही समय लाग्न सक्छ । त्यसैले सवारी साधन प्रयोग कर्तालाई धोबी–सैपु सडकको वैकल्पिक बाटो प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।”
Advertisement
यस्तै खाँडादेवी गाउँपालिका–८ मा पनि वर्षापछिको पहिरोले सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउनका लागि गाउँपालिकाले डोजर पठाएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।
यस्तै मन्थली नगरपालिका–८ चिसापानीको सल्ले पानी–चिसापानी सडकमा गयरातिको वर्षाले आंशिक रूपमा असर पु¥याएको छ । यो सडक खण्डको ठाउँ ठाउँमा ढुङ्गा खसेकाले त्यसलाई हटाइएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
यसैबिच अविरल बर्षाका कारण अवरुद्ध भएका सडकहरू खुलाउन प्रहरी परिचालन भएका छन् । अविरल वर्षले लिखुतामाकोशी गाउँपालिका–२ शैपुबाट धोबी डाँडा तर्फ आउने सडक खण्डको अवरोध हटाउन इलाका प्रहरी कार्यालय धोवी डाँडाबाट प्रहरी सहायक निरीक्षक विजय कुमार यादवको कमान्डमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसै गरी सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिकाको वडा ८ चिसापानी हुँदै वडा नं ११ गेलु तर्फ जाने सडकमा पर्ने महादेव खोलाले बगाएर ल्याएको ढुङ्गा माटो र गेगर हटाउन प्रहरी सहायक निरीक्षक दीपक चौलागाईको कमान्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रतिक्रिया