रामेछाप । अविरल वर्षपछिको बाढी पहिरोले रामेछापमा विभिन्न स्थानमा क्षति गरेको छ । गयरातिको अविरल वर्षापछि ठाउँ ठाउँका सडकमा पहिरो खसेको छ भने विभिन्न ठाउँमा खोलामा आएको बाढी किसानको खेतमा पसेको छ ।
रामेछाप नगरपालिका वडा नं २ र ३ को सीमा भएर बग्ने खोलामा २०६१ सालपछि कै ठुलो बाढी आएको छ । खोलामा आएको बाढी किसानको खेतमा पस्दा धेरै क्षति भएको स्थानीयले बताएका छन् ।
Advertisement
निरन्तरको वर्षाको कारणले खिम्ती– मन्थली सडक अन्तरगत हल्दे क्षेत्रमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । यस्तै मन्थली नगरपालिका–८ चिसापानीको सल्ले पानी–चिसापानी सडकमा गयरातिको वर्षाले आंशिक रूपमा असर पु¥याएको छ । यो सडक खण्डको ठाउँ ठाउँमा पहिरिएर ढुङ्गा तथा माटो खसेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया