रामेछापमा पहिरोले चार परिवार विस्थापित, केही घर जोखिममा

रामेछाप । मंगरबार र बुधवार रातिको अविरल वर्षाले रामेछापका विभिन्न स्थानमा क्षति गरेको छ । बुधवार रातिको अविरल वर्षाले जिल्लाको लिखुतामाकोशी गाउँपालिका–५ नागदह स्थित भालु खोपमा चार घर परिवार घर विहीन बनेका छन् ।

भालु खोप स्थित मेखबहादुर बुढाथोकीको आँगन नजिकबाट खसेको पहिरोका कारण मेखबहादुरको सहित गङ्गामाया बुढाथोकी, बाबुराम बुढाथोकी र धुम्म माया बुढाथोकीको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पहिरोले क्षति गरेका चार घर परिवारका १२ जनालाई स्थानीयको सहयोगमा सोही स्थानमा रहेका मालिका आधारभूत विद्यालयमा बस्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बताउनुभयो । सोही स्थानका मानबहादुर बुढाथोकीको घर पनि जोखिममा रहेको र घर नजिकै रहेको गोठ पहिरोले पुर्दा एउटा भैँसी मरेको डिएसपी सिंहले बताउनुभयो । बुधवार रातिको वर्षाले मन्थली नगरपालिका–२ बिरौटै स्थित कठजोर खोलाका कारण स्थानीय एक बहादुर भुजेलको घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । यही साउन १० गते रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर भत्किदा घरभित्र आगो तापिरहेका तीन जना किशोरीको ज्यान गएको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च