कठजोर खोलाको बाढीले एक सय रोपनी भन्दा बढी धान खेत बगायो

रामेछाप । रामेछापको कठजोर खोलामा आएको बाढीले मन्थली नगरपालिका–२ मा एक सय रोपनी भन्दा बढी धान खेत बगाएको छ । बुधवार राति अविरल वर्षपछि कठजोर खोलामा आएको बढीले २५ जना भन्दा बढी किसानको एक सय रोपनी भन्दा बढी धान खेत बगाएको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

कठजोर खोलामा आएको बढीले उद्धव ढुंगेलको अन्दाजी ३ रोपनी, छत्रबहादुर ढुङेलको ६ रोपनी, सिता भुजेलको ३ रोपनी, कृष्ण लोचन अधिकारीको २ रोपनी, खोजबहादुर कार्की, अनन्त कार्की, अरिबहादुर कार्की र तेज बहादुर कार्कीको ८ रोपनी धान खेत नष्ट गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँका अनुसार बाढीले नारायण कार्कीको ५ रोपनी, कैलाश थापाको ९ रोपनी, सरोज श्रेष्ठको ३ रोपनी, उर्मिला कार्कीको घर सहित ३ रोपनी , सिताराम बस्नेतको एक रोपनी, बद्री कार्कीको एक रोपनी, रत्नबहादुर कार्कीको एक रोपनी, मोहनबहादुर कार्कीको ३ रोपनी, सिंहबहादुर कार्कीको ४ रोपनी, रूपक कार्कीको ५ रोपनी, गोपीलाल तामाङको २ रोपनी धान खेत बाढीले बगाएको छ ।
त्यस्तै श्रमलाल तामाङको २ रोपनी, ढालबहादुर कार्कीको २ रोपनी, ललिमाया कार्कीको २ रोपनी, हिराबहादुर कार्कीको ३ रोपनी, रत्नबहादुर कार्कीको ३ रोपनी, भैरव कार्कीको २ रोपनी र गणेश थापाको १ रोपनी लगायत एक सय रोपनी भन्दा बढी धान खेत बाढीले बगाएको वडा अध्यक्ष कार्कीको भनाइ छ । त्यसै गरी उर्मिला भुजेलको एउटा मतान बाढीले बगाएको र एउटा घर जोखिममा रहेको उहाँको भनाइ छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च