काँग्रेस रामेछापका सभापति कान्छाराम ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बने

रामेछाप । रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ(कान्छाराम) राज्यमन्त्री बनेका छन् ।

नेपाली काँग्रेस रामेछापका सभापति समेत रहनु भएका तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस अनुसार शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Advertisement

रामेछापका तामाङ सहित तीन जना सांसदलाई प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपति पौडेलले विभिन्न मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र रुपा विकलाई वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेको शुक्रवार राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च