देशैकै नमुना सामुदायिक विद्यालय डहु मावि : १२ कक्षामा सबै विद्याथी उत्कृष्ट नतिजा सहित उत्तीर्ण

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथानमा रहेको डहु मावि बेथानका यस वर्षको १२ कक्षाको परीक्षामा सहभागी सबै विद्यार्थीहरू उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन् ।

विद्यालयका प्रधानाध्यापक दलबहादुर बलका अनुसार सो विद्यालयबाट यस वर्षको १२ कक्षाको परीक्षामा १८ जना विद्यार्थी सहभागी थिए । ती मध्ये १६ जना विद्यार्थी ३.६० जीपीए माथि अर्थात् ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । दुई जना विद्यार्थी ३.४९ र ३.५३ जीपीए अर्थात् ए श्रेणीमा उत्तीर्ण गरेका छन् । सो विद्यालयमा प्लस टुमा कम्प्युटर इञ्जिनियरिङ विषयको पढाइ हुने गर्दछ । सो विषयको परीक्षा दिएका विद्यार्थी मध्ये विनीता तामाङले सबैभन्दा बढी ३.८२ जीपीए प्राप्त गर्नुभएको छ ।

Advertisement

त्यस्तै ३.८० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या दुईजा रहेको छ । यसैगरी नौ जना विद्यार्थीले ३.७० देखि ३.७९ जीपीएसम्म ल्याएका छन् । ३.६० देखि ३.६९ जीपीएसम्म ल्याउने विद्यार्थीको सङ्ख्या चार रहेको छ । गाउँमा रहेको सो सामुदायिक विद्यालयले एसइई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । डहु माविका विद्यार्थीले एसईईमा समेत पटक पटक ४ जीपीए प्राप्त गरेका छन् । यस वर्षको एसईई परीक्षामा पनि सबै विद्यार्थी ए र ए प्लस ल्याएर उत्तीर्ण भएका थिए । विद्यालयमा स्थानीयका साथै १६ बढी जिल्लाका विद्यार्थीहरू आवासीय रूपमा बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालय देशैकै नमुना सामुदायिक विद्यालय भित्र पर्दछ ।

डहु माविको कक्षा १२ को नतिजा

Advertisement
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च