खाँडादेवी गाउँपालिका–८ गागलभदौरेमा मेवाको जुस प्रशोधन केन्द्र बन्दै

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–८ गागलभदौरेमा मेवाको जुस उत्पादनका लागि प्रशोधन केन्द्रको निर्माण सुरु भएको छ । गागलभादैरैमा अहिले धेरै कृषकहरू मेवाको व्यावसायिक खेतीमा लागेका छन् ।

गागलभदौरेमा मेवा उत्पादनको राम्रो सम्भावना रहेको भन्दै कृषकहरुलाई मेवा खेती विस्तारका लागि स्थानीय सरकारले पनि कृषकहरूलाई प्रोत्साहित गरिरहेको छ । अहिले गागलभदौरेमा उत्पादन हुने मेवा तथा अन्य फलफूलहरूको जुस बनाउन जुस प्रशोधन केन्द्र निर्माण सुरु भएको छ ।
एक करोड ४ लाख ८१ हजार ३७५ रुपैयाँ लागतमा टि.एम.जी एग्रो कृषक समूह र रिट नेपालको साझेदारीमा अहिले जुस प्रशोधन सेन्टरको भवन निर्माणको काम भइरहेको छ ।

Advertisement

यो आयोजना अन्तरगत मेवा लगायत यहाँ उत्पादित अन्य फलफूलको जुस प्रशोधनका लागि भवन निर्माण गरी प्रशोधन उपकरण खरिद, मेवा खेती विस्तार र थोपा सिँचाइ निर्माण लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । गाउँ घरमा फलेका मेवा लगायत अन्य फलफूलको जुस उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले जुस प्रशोधन केन्द्रको निर्माण थालिएको टि.एम.जी एग्रो कृषक समूहले जनाएको । वडा सरकारसँग आवश्यक समन्वय गरेर जुस प्रशोधन केन्द्र निर्माणको काम अगाडी बढाइएको टि.एम.जी एग्रो कृषक समूहको भनाइ छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च