रामेछाप । गत शुक्रवार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८० सालको कक्षा १२ को परीक्षामा रामेछापको उमाकुण्ड गाउँपालिकाका ७६ प्रतिशत विद्यार्थी (नन ग्रेडेड) अर्थात् फेल भएका छन् ।
गाउँपालिकाका तीन वटा माध्यमिक विद्यालयबाट १२१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । जसमा २३.९७ प्रतिशत अर्थात् जम्मा २९ जना विद्यार्थी मात्रै (ग्रेडेड) अर्थात् पास भएका उमाकुण्ड गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । परीक्षा दिएका मध्ये ७६.०३ प्रतिशत अर्थात् ९२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
Advertisement
गाउँपालिकाको श्री सिद्देश्वर माध्यमिक विद्यालयबाट ५८ जना विद्यार्थीले परीक्षा दिएकोमा ३९.६६ प्रतिशत अर्थात् २३ जना, चण्डेश्वरी माध्यमिक विद्यालयबाट ४५ जना विद्यार्थीले परीक्षा दिएकोमा ११.११ प्रतिशत अर्थात् ५ जना र कल्लेश्वर माध्यमिक विद्यालयबाट १८ जना विद्यार्थीले परीक्षा दिएकोमा ५.५६ प्रतिशत अर्थात् एक जना विद्यार्थी (ग्रेडेड) अर्थात् पास भएका छन् । ६० जना विद्यार्थी अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् भने २७ जना दुई विषय र ५ जना ३ विषयमा अनुत्तीर्ण भएका छन् ।
प्रतिक्रिया