चार करोड रुपैयाँ लगानीमा मेवा खेती, रामेछाप सहित पाँच जिल्लामा खेती विस्तार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–८ गागलभदौरे स्थित काले मानेका जनकलाल तामाङ मेवाको व्यावसायिक खेतीमा लाग्नु भएको ४ वर्ष बढी भयो ।

७ वर्ष दक्षिण कोरियाको रोजगारीपछि तामाङले ४ वर्ष अगाडिबाट आफ्नै गाउँमा मेवाको व्यावसायिक खेती सुरु गर्नुभएको थियो । कोरियामा रोजगारी गर्दा तामाङको मासिक साढे २ लाख रुपियाँसम्म नेपाली रकम कमाइ थियो । ७ वर्षको रोजगारीपछि तामाङ नेपाल फर्किएपछि विश्वभर फैलिएको सङ्क्रामक रोग कोरोना भाइरस कोभिड–१९ का कारण भिसा रद्द भयो ।

Advertisement

त्यसपछि महिनाको साढे दुई लाख रुपैयाँसम्म कमाइ गरिरहनु भएका तामाङ कोरोनाका कारण नेपालमा बेरोजगार बन्नुभयो । त्यस यताको एक वर्ष बढी समय उहाँको नेपालमा रोजगारीको खोजी मै बित्यो । तर उहाँले भनेको जस्तो रोजगारी कतै पाउनु भएन । त्यसपछि उहाँले आफूसँग भएको केही रकम लगानी गरी आफ्नै माटोमा कृषि कर्म गर्ने र परिवारसँग नेपालमै रमाउने निर्णय गर्नुभयो ।

यही निर्णय अनुसार उहाँले आफ्नै जग्गामा व्यावसायिक मेवा खेती सुरु गर्नुभयो । मेवा खेती सुरु गरेपछि तामाङलाई विभिन्न समस्याहरु आइप¥यो । तर हरेक समस्याहरूको सामना गर्दै निरन्तर आफ्नो योजना अनुसार तामाङ मेवा खेतीमा लाग्नुभयो ।

Advertisement

उहाँले व्यावसायिक मेवा खेती गर्नुभएको अहिले ४ वर्ष बढी समय भइसकेको छ । उहाँले अहिले २० जनाको टि.एम.जि एग्रो कृषक समूह बनाएर आफ्नो जिल्लामा मात्रै होइन अन्य जिल्लामा पनि मेवाको व्यावसायिक खेती विस्तार गर्नुभएको छ । चार वर्षको अवधिमा आफ्नो जिल्ला सहित पाँच वटा जिल्लामा मेवा खेती विस्तार गरिएको उहाँले बताउनुभयो । मेवा खेतीमा यो ४ वर्षको अवधिमा ४ रोड रुपैयाँ भन्दा बढी रक लगानी भइसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो ‘‘मेवाको व्यावसायिक खेती सुरु गरेको ४ वर्ष बढी समय भयो । अहिलेसम्म मेवा खेतीको विस्तारमै छौँ । अहिले टि.एम.जि एग्रो कृषक समूह मार्फत सिन्धुली, काभ्रे, उदयपुर र दाङ जिल्लामा पनि केही जग्गामा मेवा खेती विस्तार भएको छ । यी जिल्लाहरूमा यो वर्ष १० हजार भन्दा बढी मेवाको बोट लगाइएको छ ।”
उहाँका अनुसार यो वर्ष काभ्रेको पाँचखालमा २० रोपनी, उदयपुरको कटारीमा २५ रोपनी र दाङमा पनि २० रोपनी जमिनमा मेवाको बिरुवा लगाइएको छ । अहिले मेवालाई प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मेवाको जुस पु¥याउने लक्ष्यका अनुसार समूहले काम गरिरहेको उहाँले बताउनुभयो ।
खाँडादेवी गाउँपालिका–८ गागलभदौरे स्थित काले मानेमा समूहको ३५ रोपनी भन्दा बढी जमिनमा ७ हजार ५०० बोट उत्पादन दिने ठुला मेवाका बोट छन् । यो वर्ष ४५ रोपनी जमिनमा नयाँ बिरुवा लगाइएको छ । दुई वर्षसम्म उत्पादन दिने एउटा मेवाको बोटले एक पटकमा ९० किलोसम्म उत्पादन दिने गरेको तामाङले बताउनुभयो । मेवाको जुस, वाइन, कुकिज र मेवाको बोक्रा तथा पातहरूको समेत कम्पोस्ट मल बनाउने समूहको योजना अनुरूप समूहले काम गरिरहेको तामाङले बताउनुभयो ।
९ जनालाई रोजगारी
टि.एम.जि एग्रो कृषक समूहले खाँडादेवी गाउँपालिका–८ गागलभदौरेमा गरिरहेको मेवा खेतीमा अहिले विभिन्न जिल्लाका ९ जनाले रोजगारी पाएका छन् । ४ वर्ष अगाडीबाट सुरु भएको मेवा खेतीबाट अहिले ९ जनालाई होल टाइमर रोजगारी प्रदान गरिएको टि.एम.जि एग्रो कृषक समूहका सचिव अजय तामाङले बताउनुभयो । रामेछाप सहित पाँच जिल्लामा मेवाको खेती विस्तार गरिएकाले यो वर्षबाट अरू थप मानिसलाई पनि रोजगारी प्रदान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार समूहले यो वर्ष रामेछाप सहित पाँच जिल्लाको विभिन्न स्थानमा १० हजार भन्दा बढी मेवा लगाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

One thought on “चार करोड रुपैयाँ लगानीमा मेवा खेती, रामेछाप सहित पाँच जिल्लामा खेती विस्तार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च