रामेछापमा नागरिकता र राहदानी बनाउनेको सङ्ख्या घट्यो

रामेछाप । रामेछापमा नागरिकता, राहदानी बनाउने र राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नेको सङ्ख्या घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्ला प्रशासन कार्यालयबाट राहदानी, नागरिकता बनाउने र राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नेको सङ्ख्या घटेको हो ।

आर्थिक वर्ष २०७९÷०८० को तुलनामा गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाबाट राहदानी बनाउनेको सङ्ख्या ३ हजार ६८७ जनाले घटेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी प्रकाश प्रधान बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा १० हजार ६६१ जनाले राहदानी बनाउँदा गत आर्थिक वर्ष २०८०÷८१ मा ६ हजार ९७२ जनाले मात्रै राहदानी बनाएका छन् ।
जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा भन्दा गत आर्थिक वर्ष २०८०÷०८१ मा नयाँ नागरिकता बनाउनेको सङ्ख्या ९१३ र प्रतिलिपि लिनेको सङ्ख्या ४ हजार ३५६ जनाले घटेको छ ।

Advertisement

गत आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार ३४० जनाले नयाँ नागरिकता बनाएको र ६ हजार ५८२ जनाले प्रतिलिपि लिएको सूचना अधिकारी प्रधानले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला प्रशासनबाट ८ हजार २५३ जनाले नयाँ नागरिकता बनाएका थिए भने १० हजार ९३८ जनाले प्रतिलिपि लिएका थिए ।
राहदानी र नागरिकता बनाउनेको सङ्ख्यासँगै जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नेको सङ्ख्यामा पनि कमी आएको छ । आर्थिक वर्ष २०७९÷०८० मा भन्दा आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार १२६ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नेको सङ्ख्या घटेको छ । जिल्ला प्रशासनका सूचना अधिकारी प्रधानका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा १८ हजार ३९१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्दा गत आर्थिक वर्ष २०८०÷०८१ मा ११ हजार २६५ जनाले मात्रै राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा दुई हजार ५६९ जनालाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको सूचना अधिकारी प्रधानले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च