महिलाहरू सामूहिक उद्यममा, उत्पादित सामाग्रीको माग बढेपछि उत्साह थपियो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ भटौलीका महिलाहरू सामूहिक उद्यममा लागेका छन् । यहाँका पाँच जना महिलाहरूले अहिले सामूहिक रूपमा फिनेल, हारपिक , पाउडर सरफ र झोल साबुन बनाइरहेका छन् ।
उनीहरूले फिनेल, हारपिक, पाउडर सरफ र झोल साबुन बनाउन सुरु गरेको तीन महिना भन्दा बढी समय भयो । यसरी उत्पादन गरेको सामाग्रीहरूको माग बढ्दै गएपछि अहिले भने आधिकारिक रूपमा सृजनशील लघु उद्यमी महिला समूह दर्ता नै गरेर आफ्नो उत्पादन बढाउन लागेका छन् ।
घरायसी काममा सीमित रहेका यहाँका महिलाहरूलाई मन्थली नगरपालिकाले गत आर्थिक वर्ष फिनेल, हारपिक , सरफ र झोल साबुन बनाउने तालिम दिएको थियो । यही तालिममा सहभागी पाँच जना महिलाहरूले तीन महिना अगाडी २५ हजार रुपैयाँ पैसाको जोहो गरेर फिनेल, हार पिक, पाउडर सरफ र झोल बनाउने काम सुरु गरेका थिए । यही लगानीबाट उत्पादन गरिएको सामाग्री बिक्री गरेर अहिले फेरी ७० हजार रुपैयाँ भन्दा बढीको सामान झारिएको समूहकी सचिव देवकी भुजेलले बताउनुभयो ।

उहाँले भन्नुभयो “गाउँमा रोजगारी नपाएर हामी महिलाहरू घरकै काममा सीमित थियौँ । यस्तो बेलामा मन्थली नगरपालिकाले फिनेल, हार पिक, पाउडर सरफ र झोल साबुन बनाउने तालिम दियो । तालिमबाट सिकेका सिपले अहिले फिनेल, हारपिक, पाउडर सरफ र झोल साबुन आदि बनाउँदै बेच्दै गरिरहेका छौँ । यसले धेर थोर आम्दानी पनि भएको छ । २५ हजार पैसा जम्मा गरेर उत्पादन सुरु गरेको समूहको अहिले उत्पादन र आम्दानी दुवै बढ्दै गएको छ ।”
यहाँका दिदी बहिनीहरूले उत्पादन गरेको सामाग्रीको अहिलेसम्म राम्रो प्रतिक्रिया आएको र बजारमा माग पनि बढ्दै गएको उहाँले बताउनुभयो । सृजनशील लघु उद्यमी महिला समूहले लेबलिङ गरेर आफ्ना उत्पादन बिक्री गरिरहेको छ ।

Advertisement

अहिले हार पिक लिटरको १३०, फिनेल लिटरको १५०, झोल साबुन लिटरको ११० र पाउडर सरफ केजीको १५० रुपैयाँमा बिक्री गरिरहेको समूहकी सचिव भुजेलले बताउनुभयो । समूहले उत्पादन गरेका सामाग्रीहरू प्रत्येक हप्ताको सोमबार मन्थलीमा लाग्ने सोमबारे हाटमा पनि राम्रो बिक्री भइरहेको समूहकी सदस्य सोमा माझी बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले बनाएको सामाग्री मन्थलीको सोमबारे हाट लगायत जिल्लाका अन्य बजार क्षेत्र अनि गाउँ घरमा पनि बिक्री भइरहेका छन् । अहिले मन्थली बजारमा सञ्चालित मोटरसाइकल वर्कसपहरूले पनि हाम्रो उत्पादन प्रयोग गरिरहेका छन् । हातैले घोलेर बनाएको सामानमा अहिलेसम्म नराम्रो भन्ने आएको छैन । हाम्रो उत्पादनबाट प्रयोग कर्ता सन्तुष्ट छन् ।”

मन्थली नगरपालिका–७ भटौलीमा रहेको सृजनशील लघु उद्यमी महिला समूहले उत्पादन गरेको फिनेल, हार पिक, सरफ र झोल साबुनको बजार माग बढ्दो मात्रामा रहेको मन्थली नगरपालिकाकी उद्यम विकास सहजकर्ता मञ्जु दंगाल बताउनुहुन्छ । मन्थली नगरपालिकाले १० दिने तालिम प्रदान गरी फिनेल, हार पिक, पाउडर सरफ र झोल साबुन बनाउने कच्चा पदार्थका लागि सुरुमा ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो“सृजनशील लघु उद्यमी महिला समूहले उत्पादन गरेको सामाग्रीको माग बढ्दै गएको छ । अहिले मन्थली नगरपालिकाको कर्मचारीले पनि यो समूहको उत्पादन प्रयोग गरिरहेका छन् । अब यो वर्षबाट नगरपालिका र मातहतका विभिन्न कार्यालयहरूमा पनि यही समूहले उत्पादन गरेको सामाग्री प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ ।”
महिलाहरूले समूह दर्ता गरी प्यान नम्बर लिएर लेबलिङ सहित आफ्ना उत्पादनहरू बजार तथा गाउँ घरमा पु¥याइरहेकाले उत्पादित सामाग्रीको लेबलिङको थप व्यवस्थापनमा नगरले सहयोग गर्ने उहाँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च