रामेछाप । रामेछाप जिल्लामा एक वर्षको अवधिमा जम्मा २ हजार ५६९ जना नागरिकले राष्ट्रिय परिचयपत्र पाएका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा दुई हजार ५६९ जना नागरिकले राष्ट्रिय परिचयपत्र पाएका जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी प्रकाश प्रधानले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्रका लागि ११ हजार २६५ जनाले व्यक्तिगत विवरण भरेका थिए । यसरी विवरण भरेका मध्ये २२.८१ प्रतिशतले मात्रै राष्ट्रिय परिचयपत्र पाएका हुन् । जिल्ला प्रशासनका सूचना अधिकारी प्रधानका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा १८ हजार ३९१ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका थिए ।
प्रतिक्रिया