मन्थली नगरपालिकाको कृषि तथ्याङ्कको प्रारम्भिक सूची सार्वजनिक, ७५४ हेक्टर खेतीयोग्य जमिन बाँझै

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले कृषि सम्बन्धी प्रोफाइल बनाउन आवश्यक काम गरिरहेको छ । यसका लागि नगरपालिकाले १४ वटै वडामा खेती योग्य जमिन र त्यसमा भइरहेको खेतीहरूका बारेमा तथ्याङ्कको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

नगरपालिकामा कृषि क्षेत्रको विकासका लागि सम्भावना र आवश्यकता लगायतका बारेमा अध्ययनका लागि सहजता होस् भन्ने हेतुले नगरपालिकाले कृषि सम्बन्धी प्रोफाइल बनाउन लागेको छ ।
नगरपालिकाले आफ्नो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरेको तथ्याङ्कको प्रारम्भिक सूचीमा नगरपालिकाको सबै वडामा गरी ३ हजार १८१ हेक्टर खेतीयोग्य जमिन रहेको उल्लेख छ । नगरभित्रका खेतीयोग्य जमिनमध्ये २ हजार ६६७ हेक्टर जमिनमा खेती गरिएको उल्लेख छ ।
खेतीयोग्य ३ हजार १८१ हेक्टर जमिनमध्ये ५८२ हेक्टर जमिनमा मात्रै सिञ्चित हुने र ७५४ हेक्टर जमिन बाँझै रहेको सार्वजनिक तथ्याङ्कको प्रारम्भिक सूची उल्लेख छ । त्यसै गरी बाँझो रहेको जमिन मध्ये ५१४ हेक्टर जमिनमा खेती गर्न सकिने प्रारम्भिक तथ्याङ्कको प्रारम्भिक सूचीमा उल्लेख गरिएको छ । नगरपालिकाले १४ वटै वडाहरूमा खाद्य बाली, नगदे बाली, अमिलो जातका फलफूल सहित अन्य फलफूल खेती, रैथाने बाली, तरकारी खेती, मसला जन्य खेती, कफी, चिया खेती, मौरी पालन, प्लास्टिक घरको विवरण वडागत रूपमा तयार पारी सार्वजनिक गरेको छ । नगरले कृषि सम्बन्धी प्रोफाइलका लागि सार्वजनिक तथ्याङ्कको प्रारम्भिक सूचीमा आवश्यक सुझावहरू दिन पनि आग्रह गरेको छ ।

Advertisement

यस्तो छ मन्थली नगरपालिकाको कृषि सम्बन्धी प्रोफाइलको लागि तयार गरिएको तथ्याङ्कको प्रारम्भिक सूची

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च