काठमाण्डौ । नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाकै ज्यान गएको पुष्टि भएको छ । दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए । काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीको नाइन–एन एजेडी कल साइनको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।
प्रतिक्रिया