रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा तीन महिने ढाका बुनाइ तालिम

रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँ बाङ्गेसल्लामा ढाका बुनाइ तालिममा सञ्चालन भइरहेको छ ।

मन्थली नगरपालिकासँगको समन्वयमा सामुदायिक विकास समाजको प्राविधिक तथा कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशील प्रवर्द्धन परियोजना मार्फत तीन महिने तालिम सञ्चालन गरिएको हो ।
मन्थली नगरपालिका–८ चिसापानी र वडा नं ९ पुरानागाउँका स्थानीय महिलाहरूको आवश्यकता अनुसार तीन महिने ढाका बुनाइ तालिम सञ्चालन भइरहेको परियोजनाका फिल्ड संयोजक राजु विक्रम बस्नेतले बताउनुभयो । गत जेठ २४ गतेबाट सुरु भएको तालिम आगामी भदौ १२ गतेसम्म सञ्चालन हुने बस्नेतको भनाइ छ ।
उहाँले भन्नुभयो“स्थानीयको माग अनुसार नै ढाका बुनाई तालिम सञ्चालन भएको छ । तालिममा सहभागीहरूमा सिप सिकेर केही गर्ने इच्छाशक्ति पर्याप्त देखिएको छ । यो तालिमबाट सिकेको सिपलाई सदुपयोग गरेर व्यवसाय गर्नेलाई व्यावसायिक योजना अनुसार परियोजनाले सहयोग पनि गर्छ ।” भदो १२ गतेसम्म चल्ने यो तालिममा अहिले मन्थली नगरपालिका–८ चिसापानी र वडा नं ९ पुरानागाउँका गरी १८ जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको उहाँले बताउनुभयो ।
स्थानीय महिलाहरूको आवश्यकता अनुसार सञ्चालन भएको ढाका बुनाइ तालिममा प्रभावकारी देखिएको मन्थली नगरपालिका–९ पुरानागाउँका वडा सदस्य धनलाल तामाङले बताउनुभयो । मन्थली नगरपालिकासँगको समन्वयमा सामुदायिक विकास समाज मार्फत सञ्चालन भएको यो तालिममा महिलाहरूलाई आफ्नै गाउँमा उद्यम गर्न सक्ने बनाउने तामाङको विश्वास छ ।

Advertisement

उहाँले भन्नुभयो “तीन महिने ढाका बुनाई तालिम गाउँमै सञ्चालन हुने राम्रो कुरा हो । यसले घरको काममा मात्रै सीमित महिलाहरूमा सिपको विकास गरी केही आय आर्जन गर्न सक्ने बनाउँछ भन्ने विश्वास छ । तालिममा सहभागी महिलाहरूले पनि यो तालिमलाई राम्रो भनेका छन् । उनीहरूमा सिप सिक्ने जाँगर पनि राम्रै देखिएको छ ।”

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च