खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको पिपुल्स इनर्जीले आइपिओ निष्कासन गर्दै

रामेछाप । रामेछाप र दोलखाको सीमामा पर्ने खिम्ती खोलामा खिम्ती –२ जलविद्युत आयोजना निर्माण गरिरहेको पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

खिम्ती खोलामा ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती –२ जलविद्युत आयोजना निर्माण गरिरहेको यो कम्पनीले आइपिओ) निष्कासनका लागि नेपाल धितो पत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो । आइपिओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिइएको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जनाकारी दिनुभयो ।

Advertisement

खिम्ती –२ जलविद्युत आयोजना २०८१ सालभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ, विद्युत् गृह लगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनीका सचिव जनार्दन अर्यालले जनाकारी दिनुभयो । आयोजनाबाट उत्पादित विद्युत् गज्र्याङ–खिम्ती सब स्टेसनमा चार्ज गर्ने गरी भित्रने (लुपइन) र बाहिरिने (लुपु आउट) १ सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम समेत जारी रहेको पिपुल्स हाइड्रोका सञ्चालक दिल सुन्दर श्रेष्ठले जनकारी दिनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च