बागमती प्रदेशमा लम्पी स्किन विरुद्धको अभियान आजदेखि, ७६ हजार बढी पशुलाई खोप लगाइने

हेटौँडा । बागमती प्रदेशका ७६ हजार भन्दा बढी पशुमा लम्पीस्किन रोग विरुद्धको खोप लगाइने भएको छ । प्रदेशका १३ जिल्लाका ७६ हजार २७५ गाई भैँसीमा लम्पीस्किन रोग विरुद्धको खोप लगाइने भएको हो ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेशभर शुक्रवारबाट साताव्यापी रुपमा लम्पीस्किन विरुद्धको खोप अभियान सुरु गरिने जानकारी गराएको छ । मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा रहेका ८ वटा पशु सेवा कार्यालयबाट भोलीदेखि एकै पटक खोप अभियान सुरु हुने भएको छ ।

Advertisement

लम्पीस्किन विरुद्ध प्रत्येक वर्ष खोप लगाउनुपर्ने भएकाले साताव्यापी अभियान सञ्चालन गरेर खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेश सरकारले गत वर्ष पनि लम्पी स्किन रोगविरुद्ध खोप अभियान चलाएको थियो । लम्पी स्किन रोगको महामारी फैलिएपछि गत वर्ष प्रदेशभित्रका ४८ हजार ३६४ पशुलाई खोप लगाइएको थियो । यो वर्षको सप्ताहव्यापी अभियानका लागि प्रदेश सरकारले ७३ लाख १९ हजार बजेट विनियोजन गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च