रामेछापका कार्यालय प्रमुखहरूले काम गरेनन्, अब सबै तिर निगरानी बढ्छ : राज्यमन्त्री तामाङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले रामेछाप जिल्लाका कार्यालय प्रमुखहरूको कार्यसम्पादन प्रति असन्तुष्टि तथा आक्रोश व्यक्त गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) को २५ औँ स्थापना दिवका अवसरमा फोनिज रामेछापले आइतबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले कार्यालय प्रमुखहरूको कार्यसम्पादन प्रति असन्तुष्टि तथा आक्रोश व्यक्त गर्नुभएको हो ।
अहिले विभिन्न बहानामा रामेछाप जिल्लाका सरकारी कार्यालय प्रमुखहरूले हप्तामा ४ दिन पनि काम नगरेको उहाँले बताउनुभयो । काठमाडौँबाट १२२ किलो मिटर मात्रै टाढा रहेको रामेछापको विकासका लागि कार्यालय प्रमुखहरूले जिम्मेवारी अनुसारको काम गर्न नसकेको उहाँको भनाइ छ ।

Advertisement

कार्यालय प्रमुखहरू हरेक हप्ताको शुक्रवार राजधानी काठमाडौँ जाने परिपाटीको विकास हुँदा र यसका बारेमा कसैले पनि निगरानी नगर्दा राज्यको धेरै रकम कार्यालय प्रमुखहरूलाई काठमाडौँ लाने र ल्याउने मै खर्च भइरहेको उहाँले बताउनुभयो ।
अब यो अवस्थाको अन्त्य गर्नका लागि आफूले यसरी हप्तै पिच्छे काठमाडौँ जाने कार्यालय प्रमुखहरूलाई लान र ल्याउनका लागि इभि बसको व्यवस्था गर्ने योजना बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “रामेछाप जिल्लामा कार्यालय प्रमुखहरूले राम्रो काम गरेको छैन । अब यसका बारेमा सबैले निगरानी गर्नुपर्छ । अब काम छलेर विभिन्न बहाना बनाएर कार्यालय प्रमुखहरू घरमा लुकेर बस्न पाउँदैनन् । काठमाडौँ पुगेको छकी, सिन्धुपाल्चोक गएको वा अन्य कुनै ठाउँमा पुगेका छन् । यसबारे पत्ता लगाउन सबै तिर निगरानी हुन्छ ।”
यसका बारेमा आफूले कार्यालय प्रमुखहरूसँग आवश्यक छलफल गरी निर्देशन समेत दिइसकेकाले अब आफू निर्देशन पालना भए नभएको बारेमा निगरानीमा लाग्ने उहाँको भनाइ छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च