मन्थलीबाट गत असारमा हराएको मोटरसाइकल अझै भेटिएन, नट बोल्ट चोरीमा प्रहरीकै संलग्नता

रामेछाप । रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली बचत तथा ऋण सहकारी संस्थाको प्राङगणबाट गत असार २० गते मध्यराति एउटा मोटरसाइकल चोरी भयो ।

सहकारीको बागमती प्रदेश ०२–०४५ प ५५७३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको एक महिना भन्दा बढी समय भैसक्यो । तर हराएको मोटरसाइकल प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।
पछिल्लो समय मन्थली बजार क्षेत्रका विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाकलहरुको नट बोल्टहरु चोरीका घटना हुन थालेका छन् । केही दिन अगाडि मात्रै मन्थली स्थित रेडक्रस लाइनमा पार्किङमा राखिएको बा ७४ प ३१२ नम्बरको एफजेट मोटरसाइकलको ह्यान्डीलको दुई वटा नट बोल्ट चोरी भयो । यस अघि पार्किङमा राखिएको बा.प्रदेश–०२–०४४ प ७५५० नम्बरको एफजेट भि–२ मोटरसाइकलको पनि रातको समयमा ह्यान्डीलको दुई वटा नट बोल्ट नै चोरी भयो । यस बाहेकका अन्य एक दुई वटा यस्ता मोटरसाइकलका पनि नट बोल्ट चोरी भएको मन्थलीका स्थानीयहरु बताउछन् । गत असार २० गते मध्यराति हराएको मोटरसाइकल अहिलेसम्म फेला पर्न नसकेको मन्थली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भेषबहादुर श्रेष्ठले बताउनुभयो ।
हराएको मोटरसाइकल फेला पर्न नसकिरहेको अवस्थामा फेरी मोटरसाइकलको पाटपुर्जाहरु चोरी हुने घटना बढेपछि मन्थलीबासी चोरीको भयमा छन् । यस्ता घटनाहरु हुन नदिनका लागि प्रहरी लगायत सरोकारवाला निकायले खासै वास्ता नगरेको मन्थली बजार बासीको गुनासो छ ।
मन्थली बजारबासीहरु अहिले पार्किङ गरेर राखिएका मोटरसाइकल तथा पार्टपुर्जाहरु चोरी हुने होकि भन्ने भयमा रहेको स्थानीय नारायण बहादुर बस्नेतले बताउनुभयो । यस्ता घटनाहरु बढिरहेको भए पनि प्रहरीले चोरीमा संलग्नहरुको पहिचान गरी कारबाही गर्न नसकेको उहाँको गुनासो छ ।
उहाँले भन्नुभयो “यहाँ जनताको सुरक्षार्थ खटिएका प्रहरी नै चोरीका घटनामा संलग्न हुने गरेका छन् । यस भन्दा पहिला एउटा मोटरसाइकल प्रहरीले नै चारी गरी पार्टपुर्जा निकालेर बेचेको घटना सार्वजनिक भएको थियो । पछिल्लो समय हराएको मोटरसाइकल भेटिएको छैन । नट बोल्ट चोरी गर्ने पनि प्रहरी नै हुन् भन्ने सुन्नमा आएको छ । यसमा प्रहरीले आवश्यक अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाएर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । जनताको जनधनको सुरक्षार्थ खटिएका प्रहरी नै यस्ता घटनामा संलग्न हुनु रामेछापेली जनताका लागि र्दुभाग्य हो ।”
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले अहिले प्रहरीले चोरीका घटना हुन नदिन तथा चोरी गर्नेको पहिचानका लागि प्रहरीले मन्थली बजारमा विशेष निगरानी बढाएको बताउनुभयो ।

Advertisement

मोटरसाइकल लगायत अन्य चोरीका घटना हुन नदिन र चोरी गर्नेको महिचानका रातको समयमा प्रहरी परिचलन हुने गरी मन्थली बजार क्षेत्रका दुई वटा पोस्ट थप गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले रातको समयमा पनि मदन आश्रीत चोक क्षेत्र र बसपार्क र एयरपोर्ट हेर्ने गरी प्रहरी पोष्ट थप गरिएको छ ।
गत असार २० गते हराएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकलको प्रहरीले खोजि कार्य जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो “चोरी भएको मोटसाइकल फेला पार्न प्रहरीले सिसिटिभी फुटेज हेरेर धेरै प्रयास गरिसकेको छ । अझै मोटरसाइकल पत्ता नलागेकाले प्रहरीले आवश्यक अनुसन्धान सहित खोजि कार्य जारी नै राखेको छ ।”
मन्थली बजारमा मोटरसाइकलको नट बोल्ट चोरी भएको सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नै रहेको पाइएपछि चोरीमा संलग्न प्रहरीलाई विभागिय कारबाही गरी पठाउने तयारी भइरहेको डिएसपी सिंहले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च