हेटौंडा । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले रोजगार सिर्जना गर्न सम्भाव्यता अध्ययन गरेर ’एक पलिका एक उद्योग कार्यक्रम’ ल्याउन आवश्यक रहेको बताउनु बताउनुभएको छ ।
बागमती प्रदेश सरकार, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय तथा मातहतका कार्यालयहरुको समीक्षा कार्यक्रममा उहाँले कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै यस्तो बताउनु भएको हो । बागमती प्रदेश सरकार, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय तथा मातहतमा १४ वटा कार्यालयहरु रहेका छन् ।
Advertisement
सोहि कार्यालयहरुको आ.व. २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी भएको थियो । गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री तामाङले नदि उकास जमिनलाई सदुपयोग गर्न आवश्यक रहेकोपनि बताउनुभयो । उहाँले माताहतका कार्यालयहरुलाई सेवाग्राही मैत्रि व्यवहार गर्न पनि निर्देशन दिनुभयो । उद्यमीहरुलाई दर्ता,नविकरण तथा खारेजी जस्ता कार्यहरु गर्न केहि सहज बनाउन कानुन संसोधन गरेर अघि बढ्न आवश्यक प्रकृया थाल्ने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया