मन्थली–चिसापानी–पुरानागाउँ सडकको ठाउँ ठाउँमा क्षति, चाडै निर्माण सुरु हुने

रामेछाप । वर्षाले रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगपालिका वडा नं ८ चिसापानी हुँदै वडा नं ९ पुरानागाउँ जोडिने मन्थली–चिसापानी–पुरानागाउँ सडकको ठाउँ ठाउँमा क्षति पुगेको छ ।
१७ करोड ८८ लाख ६१ हजार ८८० रुपैयाँ लगानीमा यो सडक गत आर्थिक वर्ष मात्रै कालोपत्रे भएको हो । २०७८ पुसै कालोपत्रे सम्पन्न गर्ने गरी कान्छाराम कन्स्ट्रक्सनले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो । तर निर्माण कम्पनीले काम सम्पन्न हुनुपर्ने समय भन्दा दुई वर्ष बढी समय ढिला गरी कालोपत्रे गरेको हो ।
यो वर्षको वर्षाले अहिले यो सडकको विभिन्न ठाउँमा पहिरिएको छ भने सडक माथिबाट पनि केही ठाउँमा पहिरो खसेको छ । केही ठाउँमा सडकको वाल पनि भत्किएको स्थानीयले बताएका छन् । यो सडक कालोपत्रे गर्ने क्रममा निर्माण कम्पनीले गुणस्तरीय काम नगरेकै कारण वर्षामा धेरै ठाउँमा क्षति पुगेको स्थानीयको आरोप छ । कालोपत्रे भएको केही दिनमै विभिन्न ठाउँमा कालोपत्रे उप्किन थालेपछि निर्माण कम्पनीले सडक टालटुल गरेको थियो ।
यसैबिच सडकमा वर्षाले गरेको क्षतिका बारेमा स्थलगत अनुगमन गरिएको छ । मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठ, पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख बिरेन्द्रकुमार बज्राचार्य लगायतको टोलीले सडक क्षतिका बारेमा स्थलगत अनुगमन गरेको हो । गत आर्थिक वर्षमा कालोपत्रे सम्पन्न भएको सडकमा वर्षाले गरेको क्षतिको स्थलगत अध्ययन गरी तत्काल पुन–निर्माणको काम सुरु गर्ने योजना बनाइएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च