विपी राजमार्गमा बोलेरो दुर्घटनाः वडा सदस्य सहित तीन जनाको ज्यान गयो

सिन्धुली । विपी राजमार्गको सिन्धुली खुर्कोट खण्डको कनपा २ चियावारी नजिकै विहिबार विहान डबल क्याप बोलेरो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । अन्य ११ जना घाईते भएका छन ।

गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीबाट तरकारी लिएर सिन्धुलीमाढी आउँदै गरेको वा २० च८२८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमै पल्टेको थियो । बोलेरोमा सवार गोलञ्जोर–६ का वडा सदस्य उदय मस्र्यांगी मगर र सोहि ठाउँका पृथ्वी भुजेलको घटनास्थलमै मृत्यु भएको हो भने सोहि ठाउँका पवन मस्र्याङगीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको छ ।

Advertisement

घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । पाँच जनाको अवस्था मध्यम र अन्य ४ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गम्भिर घाईते दुई जनालाई सिन्धुली अस्प्तालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाईतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।

गम्भिर घाईते हुनेमा गाडी चालक टिकाजंग राई र हिमाल परियारलाई धुलिखेल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । दुर्घटनामा परि घाईते हुनेहरुमा गोलञ्जोर गाउँपालिका–६ का उदय लुंगेली मगर, मेनुका मगर, जिना श्रेष्ठ, धनमाया वाईवा, लिला मगर, समिना मगर, बन्दना कोईराला, राजन प्रसाद कोईराला र कमलामाई नगरपालिका–५ की डम्बर कुमारी कार्की रहेको एसपी काफ्लेले बताए ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च