दुर्घटनामा वडा सदस्यको ज्यान गएपछि गोलन्जोर गाउँपालिकाले दियो शोक बिदा

सिन्धुली । सडक दुर्घटनामा परी वडा सदस्यको ज्यान गएपछि सिन्धुलीको गोलान्जोर गाउँपालिकाले शोक बिदा दिएको छ ।

बिहीबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साहले एक सूचना प्रकाशन गरी २०८१ साल श्रावण ३२ गते शुक्रवारका दिन गोलन्जोर गाउँपालिका कार्यालय तथा यस अन्तर्गतका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा विद्यालयहरूमा शोक बिदा दिने निर्णय जानकारी गराएका छन् ।

Advertisement

सूचनामा यस गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिका अन्तर्गत गाउँ सभा सदस्य एवं वडा नं. ६ का वडा सदस्य श्री उदय बहादुर मश्राङ्गी र गोलन्जोर गाउँपालिका– ६ नाकाजोली निवासी पृथ्वी भुजेल र पवन मश्राङ्गी मगरको बिहीबार गोलन्जोर गाउँपालिका–६ नाकाजोलीबाट सिन्धुलीमाडी जाने क्रममा डबल क्यापको बुलेरो गाडी कमलामाई नगरपालिका–२ चियावारिमा दुर्घटनामा परी असामयिक निधन भएको उल्लेख छ ।
मृत आत्माको चिर शान्तिको कामना सहित मृतकको परिवार जन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्दै भोलि साउन ३२ गते शुक्रवार गोलन्जोर गाउँपालिका कार्यालय तथा यस अन्तर्गतका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा विद्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च