रामेछाप प्रहरीको सरसफाइ अभियान: आज मदन आश्रित चोकदेखि थापा चोकसम्म सडक सरसफाइ

रामेछाप । प्रहरी राज्यको सुरक्षा प्रदायक निकाय हो । तर रामेछाप जिल्लामा प्रहरीले आफ्ना नियमित जिम्मेवारीसँगै सरसफाइ र वातावरण संरक्षणका क्षेत्रमा पनि सक्रियता बढाएको छ ।
सदरमुकाम मन्थलीलाई सुन्दर र सफा सहर बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ रामेछाप प्रहरी मन्थलीका विभिन्न क्षेत्रको सरसफाइमा जुटेको छ । मन्थली बजार सरसफाइका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले प्रत्येक हप्ताको शुक्रवार एक देखि दुई घण्टासम्म सरसफाइ अभियान नै सञ्चालन गरिरहेको छ ।
प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंह रामेछापको प्रहरी प्रमुख बनेर आएपछि सुरु भएको सरसफाइ अभियानलाई प्रहरीले जारी राखेको छ । सोही अभियान अन्तरगत शुक्रवार मन्थली नगरपालिका–१ को मदन आश्रित चोकबाट भैशेश्वर हुँदै थापा चोकसम्मको मुख्य सडकको सरसफाइ गरिएको छ ।
रामेछाप प्रहरीको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल, स्थानीय जनप्रतिनिधि, रामेछाप उद्योग वाणिज्य सङ्घ, सामुदायिक सेवा केन्द्र रामेछाप, स्थानीय लगायतको सहभागितामा शुक्रवार बिहान ६ बजेदेखि ८ बजे सम्म मदन आश्रित चोकदेखि भैशेश्वर हुँदै थापा चोकसम्म सडक सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सरसफाइका क्रममा मदन आश्रित चोकदेखि भैशेश्वर हुँदै थापा चोकसम्मको मुख्य सडकमा सवारी आवागमनलाई अवरोध सिर्जना गर्ने रुख बिरुवा तथा झाडीहरू फडानी तथा सडक बाटोमा रहेको मानव निर्मित फोहोरहरूको व्यवस्थापन गरिएको छ ।
सरसफाइमा जुटेका टोलीले सडकमा जथाभाबी फालिएका फोहोर मैलाको व्यवस्थापनसँगै आ–आफ्नो व्यवसाय अगाडी फोहोर राख्ने डस्बीन अनिवार्य राख्न पनि व्यवसायीहरूलाई आग्रह गरेको छ ।
प्रत्येक हप्ताको शुक्रवार बिहान एक देखि दुई घण्टासम्म सञ्चालन हुने सरसफाइ कार्यक्रममा सहभागिताको लागि मन्थली नगरवासी लगायत सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय रामेछापले अनुरोध गरेको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च