एउटा बालक जन्मन्छ । सामाजिक सस्कार र सस्कृती सिक्दै उ समाजमै हुर्कन्छ । उसले आफ्नो जिवनमा जति पनि कुरा सिक्छ ती सबै समाजकै उपज हुन । त्यो बालक कस्तो बन्छ ? त्यस्को आनिबानी कस्तो हुन्छ भन्ने कुरा उस्ले बाचेको समाज र सङ्गत गरेको मानिसले निर्धारण गर्दछ । जब एउटा बालक के सहि र के गलत छुट्याउन नसक्ने अवस्थामा हुन्छ त्यति बेला उस्ले पुरै स्वतन्त्र र आनन्द पुर्ण जीवन बाचिरहेको हुन्छ । जब उस्को उमेर बढ्दै जान्छ उ सहि र गलर छुट्याउन सक्ने हुन्छ त्यस पछि उ सामाजिक बन्धनमा पर्न थाल्छ । यसको मतलब गलत काम गर्न नदिदा उसको स्वतन्त्रता खोसियो भन्ने पनि हैन ।
नेपालको परिवेष अहिले यस्तो छ कि अरुको देखासिकी गर्नै पर्ने । हामीलाई अरु भन्दा के कम भनेर जे कुरामा प्रतिस्पर्धा मा जानै पर्ने? विकासोन्मुख देशको मुख्य समस्या भनेकै अरुको देखासिखी गर्नु हो । अरुको नक्कल र देखासिखी गर्न पाए हामी आफुले आफैलाई महान ठान्छौ ।
हाम्रो समजको एउटा निश्चित नियम, सस्कार र सस्कृती छ । धेरै जसो सस्कार सस्कृती अति राम्रा छन । तर हाम्रो समाजमा एउटा कुराले ठूलो जरा गाडेर बसेको छ त्यो हो “अरुले के सोच्ला”? अरुले के सोच्ला भनेर कतिपय ब्यक्ती ले आफ्नो स्वतन्त्रता र सिर्जनसिलता नै मारिरहेका हुन्छन ।
वैज्ञानिक युग र अहिलेको हाम्रो समाज…
Advertisement
अहिले विज्ञान तथा प्रविधिको युगमा विश्व छ । तर पनि हाम्रो समाजलाई राम्रो सङ्ग नियाल्ने हो भने हामी अझै पनि वैज्ञानिक युगमा पुग्न सकेका छैनौ जस्तो लाग्छ । हाम्रो एउटा यस्तो समाज छ जस्ले ब्यक्तिको विभिन्न बाहानामा स्वतन्त्रता र खुसी लुट्न कहिल्यै पछि पर्दैन । तपाई हिड्दै जादा लड्नु भयो भने यो समाजले तपाईलाई उठाउन जादैन । हिड्नु हुदैन थियो लड्यो भनेर टाढा बसेर हास्ने मान्छेहरुको जमात नभएको पनि हैन । तपाईं राम्रो फुटबल खेल्नु हुन्छ तर कुनै गेम हार्नु भयो भने यो हाम्रो समाजले तपाईले गरेको मेहेनत र कोसिसलाई कदर गर्दैन । यस्ले त खेल हार्यो यस्को कामै छैन भनेर तपाईं लाई उल्टो निरुत्साहित बनाउछ । लडेर उठ्नु नै जीवन हो । लडे पछि उठ्नु पर्छ । गल्ती बाट पाठ सिक्नु पर्छ भनेर कसैले सिकाउदैनन । कुरा फुटबलको मात्र हैन कुरा जिवनको हो । कुरा भबिष्यको हो । हाम्रो यो समाज अनि समाजका केही साघुरो सोच भएका ब्यक्तिको कारणले पनि कतिपय ब्यक्ती अरुले के भन्लान भनेर आफ्नो सपना, क्षमता र सिर्जनशिलतालाई थाती राख्न बाध्य भएका छन ।
प्रतिक्रिया