रामेछाप । रामेछापको मन्थली नगरपालिका–४ सालुमा मोबाइल तथा नगद रक चोरी गरेको आरोपमा दुई महिला सहित तीन जनलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन ३१ गते दिउँसो २ बजेको समयमा मन्थली नगरपालिका–४ सालु स्थित सामल स्थानका सोमबहादुर खत्रीको घरबाट ओप्पो कम्पनीको मोबाइल फोन र नगद चोरी गरेको आरोपमा दुई जना महिला र एक जना पुरुषलाई पक्राउ गरेको हो ।
Advertisement
चोरी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी सालुबाट खटिएका प्रहरीले चोरीमा संलग्न देखिएका सर्लाही जिल्लाको ब्रम्हापुरी नगरपालिका–६ की ४० बर्सिया कुसुम कुमारी, सोही ठाउँकी वर्ष १९ की सुनिता कुमारी र भारतको विहार दोस्तिया थान–७ घर भएका ३२ वर्षीय तपेश्वर महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि रामेछाप जिल्ला अदालत मार्फत चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया