‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, आठजना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । ‘भ्वाइस किड्स’को सिजन ३ ले आज विजेता प्राप्त गर्दैछ । शनिबार राती हुने फिनालेमा आठजना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदैछ ।
चारजना कोचका दुई-दुईजना उपाधिका लागि भिड्दैछन् । कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट छन् ।
कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ फाइनलिस्ट छन् भने कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलमा भिड्नेछन् ।
बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्ने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले शोमा भाग लिएका छन् ।
फिनाले समारोहमा ‘भ्वाइस अफ नेपाल सिजन ६’को घोषणा हुने अपेक्षा गरिएको छ । ‘भ्वाइस किड्स’को ग्राण्ड फिनाले बेलुका ८ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च