रामेछाप । मन्थली नगर स्काउटले मन्थली नगरपालिका भित्रका विद्यालयहरूमा विद्यार्थी केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।
शुक्रवार बसेको नेपाल स्काउट प्रथम मन्थली नगर परिषद् बैठकले नगरपालिका भित्रका एक हजार ३८६ जना स्काउट विद्यार्थीहरू, ८६ जना स्काउट शिक्षकहरू र ८६ वटा विद्यार्थी ट्रुपहरुलाई विद्यालय तहमा विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
Advertisement
मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षता र नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा बसेको बैठकमा मन्थली नगर स्काउटको हालसम्मको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति कार्यक्रम र मन्थली नगरपालिकाबाट स्वीकृत भएको १० लाख रुपैयाँ बजेटको कार्ययोजना प्रस्तुत गरिएको थियो ।
नगर स्काउटलाई व्यवस्थित र कार्यक्रमलाई एकरूपता ल्याउन गठित कार्य दलकी संयोजक सुमित्रा खड्का कार्कीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना माथि सहभागीहरूले सुझावहरू दिएका थिए ।
कार्यक्रममा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला, रामेछाप प्रहरी प्रमुख डिएसपी प्रदीपकुमार सिंह, शस्त्र प्रहरी बलका डिएसपी सूर्य प्रकाश शर्मा, मन्थली नगर स्काउट प्रमुख आयुक्त भुवनकुमार श्रेष्ठ, नेपाल स्काउट सुनापति गाउँपालिका स्थानीय प्रमुख आयुक्त राज मैनाली, मन्थली नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत हेमन्त बुढाथोकी लगायतले मन्थली नगर स्काउटलाई विभिन्न सुझावहरू दिएका थिए ।
Advertisement
प्रतिक्रिया